पञ्चदेवल शिव मन्दिरमा नयाँ कार्यसमिति गठन



उद्दब सिंह,बैतडी,१६ चैत । दशरथचन्द नगरपालिका अन्तर्गत रहेको पञ्चदेवल शिव मन्दिर व्यवस्थापन तथा पूजा समितिको नयाँ कार्यसमिति गठन गरिएको छ। स्थानीय भेलाबाट समितिको नेतृत्व चयन गर्दै मन्दिरको व्यवस्थापन तथा धार्मिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा पं. कमलदेव भट्ट चयन भएका छन् भने उपाध्यक्षमा केशव सिंह मार्कण्ड, सचिवमा सहदेव भट्ट र कोषाध्यक्षमा सुदर्शनदेव भट्ट चयन भएका छन्। यसैगरी अन्य सदस्यहरूमा गणेश दत्त भट्ट, दिलाराम भट्ट, लिलाधर भट्ट, दीपक प्रसाद भट्ट, महादेव भट्ट, ईश्वरी दत्त भट्ट, राम प्रसाद भट्ट, धन सिंह मार्कण्ड र कृष्णदेव भट्ट रहेका छन्।

त्यसैगरी, मन्दिरको दीर्घकालीन योजना तथा सल्लाहका लागि सल्लाहकार कार्यसमिति पनि गठन गरिएको छ। हरि दत्त भट्टको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा करण बहादुर चन्द, यदुनाथ भट्ट, पदमराज भट्ट,गणेश दत्त भट्ट,ईश्वरी दत्त भट्ट र उद्धव सिंह मार्कण्ड सदस्यका रूपमा रहेका छन्।

मन्दिरको आर्थिक व्यवस्थापन तथा स्रोत संकलनलाई व्यवस्थित बनाउन महादेव भट्टको संयोजकत्वमा आर्थिक संकलन कार्यसमिति समेत गठन गरिएको छ। उक्त समितिमा हरि दत्त भट्ट, काशीराम भट्ट र उद्धव सिंह मार्कण्ड सदस्य रहेका छन्।

नवगठित समितिले मन्दिरको संरक्षण,धार्मिक कार्यक्रमहरूको विस्तार तथा स्थानीय समुदायको सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्