बालेन रास्वपा संसदीय दलको नेता चयन



काठमाडौं,१२ चैत । रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ । रास्वपा केन्द्रीय समितिको बैठक अहिले घण्टीघरमा बसिरहेको छ । यसअघि केन्द्रीय समितिको बैठकमा बालेनलाई दलको नेता बनाउने प्रस्ताव पनि सर्वसम्मत पारित भएको थियो ।

रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार सभापति लामिछानेको प्रस्तावमा शाहलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो । शाहलाई दलको नेता चयन गर्दै बैठक सकिएको रास्वपाले जनाएको छ ।

अब संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्