आबुधाबीमा लक्ष्मणले दिलाए नेपाललाई स्वर्ण पदक



आबुधाबी । युएईको आबु्धाबीमा सम्पन्न ओपन मास्टर्स गेम २०२६मा नेपालका कराते खेलाडि लक्ष्मण थापा मगरले स्वर्ण पदक जित्न सफल भएका छन् ।

उनले ३५ वर्ष उमेर समूहको ६० केजी तौल समूहमा प्रतिष्पर्धा गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । विश्वका ९० भन्दा बढी देशहरुले सहभागीता जनाएका उक्त प्रतियोगितामा १ सय ४५ नेपाली खेलाडिहरुले सहभागीता जनाएका थिए ।

यो प्रतियोगिता मध्यपूर्व क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रियरुपमा आयोजना गरिएको मल्टि स्पोस्र्टस् इभेन्ट हो ।

प्रतिक्रिया दिनुहोस्