कांग्रेस एमाले परित्याग गरी माप्य दुधकोशीका सयौं नेता कार्यकर्ता नेकपामा प्रवेश
सोलुखुम्बु,२ फागुन । एमाले काङ्ग्रेस परित्याग गरी माप्यदुधकोशी गाउँपालिकामा सयौं नेता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेसंगै राजनीतिक तरङ पैदा भएको छ । एकै दिन माप्यदुधकोशी गाउँपालिकामा २ सय २४ जनाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

एमाले जिल्ला नेता टिका राई, वडा नम्बर ७ एमाले पार्टी अध्यक्ष पर्शुराम राई, पूर्व वडाध्यक्ष रमेश राई, सहित कुमारसिं राई, कांग्रेसका दोर्जे राई, दिल कुमार राईलगायत १५६ जना नेकपामा प्रवेश गरेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश खालिङका अनुसार वडा नम्बर ६ मा एमाले, कांग्रेसलगायतबाट ६८ जना प्रवेश गरेका छन । माप्य दुधकोशी गाउँपालिकामा नेपाली कम्युनिष्ट पार्टी प्रति आकर्षण बढेको छ । जिल्लामा विकासको नेतृत्व गर्न सक्ने सक्षम युवा असिम राई रहेको र उनलाई संसदमा पठाउनकै लागि आफुहरु पार्टी प्रवेश गरेको भन्दै नेपाली कम्युनिष्ट पार्टीको नीति वर्तमान समय सापेक्ष रहेको उनिहरुको भनाई छ ।
उनिहरुलाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य शिव बहादुर बस्नेत(राजेन्द्र) र प्रतिनिधि सभाका उमेदवार असिम राईले स्वागत गर्नुभएको थियो ।




