सातौं ज्योति फिल्म्स म्युजिक अवार्ड भव्य रुपमा सम्पन्न
काठमाडौं, २६ माघ । हाम्रो अभियान, कलार्कीलाई सम्मान भन्ने मूल नाराका साथ सम्पन्न हुँदै आएको रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्ड २०८२ सातौं संस्करण एक बिशेष कार्यक्रम बीच काठमाडौमा सम्पन्न भएको ।

अवार्डमा राष्ट्रिय भाव,पप,आधुनिक,लोकदोहोरी,लोकआधुनिक,चाड पर्व विशेष, भाषाभाषीका गीत एवं संस्कृति झल्कने गीतहरुलाई समावेश गरिएको थियो । अवार्ड कार्यक्रममा स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान तथा अवार्ड प्रदान गरिएको आयोजक रोयल मुभिज प्रालिका अध्यक्ष निरेन श्रेष्ठले जानकारी गराउनु भयो । गीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्ड कार्यक्रमको आयोजना गरिदै आएको उहााको भनाई थियो ।
बरिष्ठ गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता, बरिष्ठ नृत्य निर्देशक भाईराम श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी निवर्तमान अध्यक्ष बबिता श्रेष्ठ, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, तारकेश्वर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटी, बेथानचोक ५, वडा अध्यक्ष राजकुमार वाइबा, अग्रज गायिका मिरा राणा, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक लाक्पा शेर्पा, वरिष्ठ गायिका चन्द्रकला शाह र गायक घमेश दुलाल, गायक यसकुमार, गायिका सिता थापाको आतिथ्यतामा सम्पन्न कार्यक्रमा पञ्चैबाजा बजाएर कार्यक्रमको उद्घाटन गरिको थियो ।
कार्यक्रममा बिभिन्न ३९ विधामा सम्मान तथा अवार्ड वितरण गरिएको थियो भने लाइफटाइ एचिभमेन्ट अवार्ड वरिष्ठ गायक रेशम थापालाई नगद धनराशी रु. २२,२२२ सहित सम्मान गरिएको थियो । पत्रकार सम्मान ऋषि थपलियालाई र अन्य कला सम्मान दिवाकर भण्डारी, विष्णु तामाङ, गंगा सोनाम, राजेश थापा, नारायण दंगाल, सञ्जिव ठकुरी, अशिम कुमार कटुवाल प्रदान गरिएको थियो ।
जुरी सम्मानबाट गायक रत्नदिप चौधरी, मोडेल सञ्चिता शाही र सावित्री के.सी सम्मानित भएका थिए । साथै समाजसेवी र ब्यावसायीहरुलाई पनि कार्यक्रममा सम्मानित भएका थिए ।

