‘मायाको असर’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं,२४ माघ । गायक थुमन शर्मा तथा गायिका मिनु गैरेको सुमधुर आवाजमा सजिएको ‘मायाको असर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। काठमाडौंको बानेश्वरस्थित लफ्ट लाउन्जमा आयोजित एक कार्यक्रममा कलाकार तथा पत्रकारहरूको उपस्थितिमा केक काट्दै गीतको भिडियो सार्वजनिक गरिएको हो।

आउँदै गरेको भ्यालेन्टाइन डे लक्षित गरी भ्यालेन्टाइन सप्ताहको अवसरमा उक्त गीत थुमन शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा चर्चित सेक्साफोनिस्ट तथा संगीतकार शिवराज गौतमको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन रुबिन मगरले गरेका छन्। त्यस्तै, मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ।

थुप्रै सफल म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक प्रकाश धितालको निर्देशनमा तयार भएको भिडियोमा प्रविन डीसी र अनिता गिरीको मुख्य अभिनय देख्न सकिन्छ। भिडियो व्यवस्थापन सुनिल दवाडीले गरेका छन् भने छायांकन सुबिन गोदार, सम्पादन राकेश दाहाल र मेकअप सीमा मगरको रहेको छ।

प्रतिक्रिया दिनुहोस्