रहेनन् वरिष्ठ कलाकार सुनिल थापा



काठमाडौं,२४ माघ । नेपाली चलचित्र उद्योगमा लामो समय देखि निरन्तर सक्रिय वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ।

भारतीय चलचित्र उद्योगमा सक्रिय थापाको हृदयाघातकका कारण निधन भएको थापा निकट रहेका कलाकार वील्सन विक्रम राईले जानकारी दिएका छन् । उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइ रहेको थियो।

छोराहरू भारतमा रहेकाले उनीहरू आउने तरखर गर्दै गरेको र नजिकका आफन्तहरू लुभुमा रहेकाले उनीहरू आउने प्रतीक्षा भइरहेको अभिनेता राईले बताए।

३०० बढी नेपाली फिल्ममा अभिनय गरेका सुनिल थापा ‘राते काइँला’ भनेर समेत चिनिन्थे। फिल्म ‘चिनो’मा ‘राते काइँला’ को भूमिकामा प्रस्तुत सुनिल त्यसयता सर्वाधिक खोजिने खलपात्रको रुपमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्