काठमाडौं म्युजिक मण्डलामा प्रशिक्षार्थीहरुले प्रस्तुत गरे आ-आफ्नो प्रतिभा



काठमाडौं, १८ माघ । युनाइटेड वल्र्ड शाइनव्दारा शनिबार आयोजित कार्यक्रममा बिगत लामो समयदेखि काठमाडौं म्युजिक मण्डलामा प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुले आ-आफ्नो प्रस्तुती प्रदर्शन गरेका छन्।

कामपा वडा नं. १२ का वडा अध्यक्ष बालकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी कलाकारहरुले गायन, नृत्य, बाँसुरी, मादल, सारङ्गी, हार्मोनि लगायतका बाद्यबादन बजाएर प्रस्तुती दिएको हो भने मगर र नेवारी भाषाका गीतमा नृत्य प्रस्तुत गरिएको थियो । पुष्परत्न महर्जन, संस्थाका उपाध्यक्ष सविता श्रेष्ठ लगायत १६० जना बिद्यार्थी र सयौंको संख्यामा अभिवाभकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

आयोजक संस्थाका रामेश्वर महर्जनका अनुसार कार्यक्रममा जति पनि प्रस्तुती रह्यो गायन, नृत्य लगायतका बिषयका बिद्यार्थीहरुलाई निःशुल्क प्रशिक्षण गराइएको र बिदेशी संस्था ल्पेंयग फोर चेन्जको सहयोगमा उदयपुर, कटारीव्दारा सञ्चालन गरिएको हो ।

कार्यक्रममा संस्थाका संयोजक श्याम बस्नेतले कलाकारितामा रुचि भएका र आर्थिक रुपले कमजोर रहेकाहरुलाई निःशुल्क प्रशिक्षण दिदै आइरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्