सोलुखुम्बुमा बिभिन्न बाह्र दलले गराए उम्मेदवारी दर्ता ( नामावली सहित)



सोलुखुम्बु,६ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्बाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने दिन मंगलबार सोलुखुम्बुमा विभिन्न १२ दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
निर्बाचन कार्यालय सोलुखुम्बुले जनाए अनुसार नेपाली कांग्रेस,नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सहितका १२ दलले मगलबार उम्मेदवारी दर्ता गराएका हुन्।जिल्लामा यस पटक श्रम संस्कृति पार्टी,मंगोल नेशनल अर्गनाइजेसन, जसपा नेपाल,रास्वपा नेपाल,उज्यालो नेपाल पार्टी,नेपाल मजदुर किसान पार्टी,मितेरी पार्टी नेपाल,आमजनता पार्टी र राप्रपाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेले जानकारी दिए।

कार्यालयको तथ्यांक अनुसार नेपाली कांग्रेसबाट प्रकाशसिंह कार्की,नेकपा एमालेबाट कल्पना राई,नेकपाबाट अशिम राई,
श्रम संस्कृति पार्टीबाट वियस राई,मंगोल नेसनल अर्गनाइजेसनबाट मन कुमार गुरुङ,जसपा नेपालबाट ल्हाक्पा शेर्पा,रास्वपाबाट
ॠसिधन थुलुङ राई,उज्यालो नेपाल पार्टीबाट पेम्बा छिरी शेर्पा,नेपाल मजदुर किसान पार्टीबाट कमल बहादुर मगर,मितेरी पार्टी नेपालबाट
श्रीध्वज तामाङ, आम जनता पार्टीबाट गुणराज एफ भट्टराई,र राप्रपाबाट राजेन्द्र बस्नेतले उम्मेदवारी दर्ता गराएको घिमिरेले बताए।

निर्वाचन कार्यालयको निर्वाचन तालिका अनुसार भोलि मनोनयन पत्र दर्ता भएको उम्मेद्बारको सूची प्रकाशन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्