भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु



काठमाडौं,२९ पौष । भारतको हिमाञ्चल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जिल्लाका भएको बताइएको छ । भारतीय मिडियाका अनुसार ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीका कारण धेरैको ज्यान गएको हो ।

प्राप्त जानकारीअनुसार घटनामा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक,छोरी १६ वर्षीया राधा विक, १० वर्षीया रेणुका विक, राजन विक,४७ वर्षीय काशिराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक,छोरी १२ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्