अघि बढ्यो कांग्रेसमा नेतृत्व चयन प्रक्रिया,उमेदवारी दर्ता र मतदान आजै (तालिका सहित)



काठमाडौं,२९ पौष । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । मंगलबार (पुस २९) विशेष महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले चुनावी कार्यक्रम प्रकाशन गरेका हुन् ।

निर्वाचन कार्यक्रमानुसार, आज दिउँसो १२ः३० बजेसम्म प्रथम मतदाता नामावली प्रकाशनको समय तोकिएको छ । उमेदवारको मनोनयनपत्र दर्ताका निम्ति यसै दिन दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।

मतदानका निम्ति राति ९ देखि बुधबार (पुस ३०) बिहान १ः३० बजेसम्मको समय तोकिएको छ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबार (पुस २७)देखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । संस्थापन पक्षले विशेष महाधिवेशन स्वीकार गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्