बिशेष महाधिवेशनले भंग गर्यो पुरानो निर्बाचन समिति, केसीको संयोजकत्वमा नयाँ गठन
काठमाडौं, २९ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन गरेको छ ।

खम्बबहादुर खाँतीको नेतृत्वमा गठन गरिएको यसअघिको समिति भंग गरेर भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले केसीको संयोजकत्वमा नयाँ समिति गठन गरेको हो । नयाँ निर्बाचन समितिको सदस्यहरुमा अशोक पोखरेल,गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।
भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी छ । अब बाँकी प्रक्रिया सुरु गरिने नेताहरुले जानकारी दिएका छन् । नयाँ समितिले निर्वाचनको प्रक्रिया अघि बढाउनेछ ।अहिले संस्थापन पक्षसँग वार्ता पनि चलिरहेको छ। वार्तामा देउवा समूहबाट रमेश लेखक,बालकृष्ण खाँण, गगन-विश्व समूहबाट प्रदीप पौडेल, देवराज चालिसे,गुरुराज घिमिरे र मधु आचार्य तथा शेखर कोइराला समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सहभागी छन् ।

