नेकपाका २५ सय केन्द्रीय सदस्यले आज सपथ लिँदै
काठमाडौँ,२९ पौष । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दुई हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ः३० बजेका लागि शपथग्रहणको कार्यक्रम तय गरिएको छ ।

विभिन्न १७ घटक मिलेर बनेको नेकपाका एकतामा जोडिएपछि थपिएका केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् । कार्यक्रम भौतिक र भर्चुअल गरी दुवै विधिले सम्पन्न हुने बताइएको छ ।
नेकपाका नेता गंगालाल तुलाधरका अनुसार शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र दिने व्यवस्था गरिएको जानकारी दिए ।
कात्तिक २९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दर्जनभन्दा बढी वामघटकबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी बनेको हो ।

