दीप प्रज्ज्वलनसहित बेलुन उडाएर काँग्रेस बिशेष महाधिवेशनको उद्घाटन
काठमाडौं,२७ पौष । नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका छन्।

केही बेरअघि काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महामन्त्रीद्वयले दीप प्रज्ज्वलनसहित बेलुन उडाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रमको सभापतित्व काठमाडौंका जिल्ला सभापति सबुजकृष्ण बानियाँले गरेका छन्। कार्यक्रममा महामन्त्री फरमूल्लाह मंसुरसहित थुप्रै केन्द्रीय सदस्यहरु सहभागी छन्।
विशेष महाधिवेशनको विपक्षमा उभिएका सभापति शेरबहादुर देउवादेखि इतर पक्षका नेता डा. शेखर कोइराला निकट नेताहरू पनि पुगेका छन्।विशेष महाधिवेशनको पक्षमा पार्टी सभापति देउवानिकट मानिएका नेताहरू पनि खुल्न थालेका छन् ।
केही नेताहरू विशेषको पक्षमा खुलिरहेका छन् भने केही नेताहरू विशेष महाधिवेशन उद्घाटन स्थल भृकुटीमण्डप पुगेका छन् ।
उद्घाटन समारोहमा अहिलेसम्म देउवासमूहका नेताहरू उदयशमशेर राणा, विनोद चौधरी, डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, अब्जुल सतार, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, नानु बास्तोल, योगेन्द्र चौधरी, भरत शाहलगायतको नाम वाचन गरिएको छ ।

