सच्चा नेपालीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई श्रद्धा गर्नुपर्छ : प्रधानमन्त्री कार्की



काठमाडौं,२४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको निम्तो दिएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिङ्देनसहितको टोलीले भेटेको हो । राप्रपाले आगामी पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा चियापान समारोहको आयोजना गर्दैछ । उक्त कार्यक्रमको निम्तो दिइएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन् ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले सच्चा नेपालीले पृथ्वीनारायणलाई श्रद्धा गर्ने बताएकी छन् ।

‘सच्चा नेपालीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई श्रद्धा गर्छ र गर्नुपर्छ’, प्रमको भनाइबारे श्रेष्ठले भने, ‘तपाईंहरूले प्रधानमन्त्रीका रुपमा मलाई निम्ता गर्नुभयो, म आउँछु। विगतमा को आए-आएनन्, त्यो हेर्ने होइन, मचाहिँ आउँछु।’

प्रतिक्रिया दिनुहोस्