नवलपुरमा रबिन्द्रलाई उम्मेदवार बनाउन खोजिएपछि एमाले कार्यकर्ता असन्तुष्ट
नवलपुर,२३ पौष। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नवलपुर ( बर्दघाट सुस्ता पुर्व) जिल्लामा नेकपा( एमाले) ले आफ्नोे उम्मेदवार सिफारिस गरि पुस २० गते जिल्ला कमिटी,प्रदेश समन्वय कमिटी हुँदै केन्द्रीय कार्यालय च्यासल,ललितपुर पठाएकाे छ।

नवलपुर जिल्लामा २ वटा निर्वाचन क्षेत्र रहेका छन। क्षेत्र नं १ मा कुनै जनाधार नभएका,कार्यकर्ता र जनता कसैले नचिन्ने केन्द्रीय सदस्य रविन्द्र अधिकारीलाई उम्मेदवार बनाउन खाेजिएकाे छ। क्षेत्र नं १ मा अधिकारी सहित छत्रराज पाैडेल,हरि न्यौपाने,सागर न्यौपाने, गोपेन्द्र केसरी न्यौपाने,तिलोत्तम पौडेल,भागीरथ सापकाेटा र गोपाल खनाल ८ जनाको नाम सिफारिस गरेको छ । यो क्षेत्रमा उम्मेदवार बन्ने एमालेका आकांक्षी नेताहरूको संख्या धेरै भएपछि जिल्ला कमिटीले क्षेत्रबाट सिफारिस भएर आएका सबैको नाम साेलाेडाेलाे सिफारिस गरि पठाएर भद्रगोल सिर्जना गरेकाे छ । जनाधार भएका,सबै जनता र कार्यकर्ताहरूले चिनेका,लाेकप्रिय, जनता र कार्यकर्ताहरूले पत्याएका निर्वाचन जित्न सक्ने उम्मेदवारमा गैडाकाेट नगरपालिकाका पुर्व मेयर छत्रराज पाैडेल,देवचुली नगरपालिकाका मेयर हरि न्याैपाने,उनका स्वकिय सचिव सागर न्याैपाने मात्र हुन। उनीपछि हरि न्याैपाने र सागर न्याैपाने राम्रा र बलिया उम्मेदवार मानिन्छन। तर उम्मेदवार सिफारिस गर्दा केन्द्रीय सदस्य रविन्द्र अधिकारी सहित छत्रराज पाैडेल, हरि न्यौपाने, सागर न्यौपाने,गोपेन्द्र केसरी न्यौपाने,तिलोत्तम पौडेल,भागीरथ सापकाेटा र गोपाल खनाल नाम सिफारिस गरिएपछि नवलपुर क्षेत्र नं १ का एमाले कार्यकर्ताहरू असन्तुष्ट भएका छन ।
रवीन्द्र अधिकारी एमालेकाे केन्द्रीय सदस्य भएपनि याे क्षेत्रमा उनले वडा,नगर र क्षेत्रका नेता र कार्यकर्ता कसैलाई चिन्दैनन। नगर अध्यक्ष र क्षेत्रका अध्यक्ष र सचिवलाई मात्र चिन्छन। उनी काठमाडौंमा बसेर अध्यक्ष केपी शर्मा ओलीकाे गणेश भक्ति गरेर केन्द्रीय सदस्य भएका हुन। यसअघि नवलपुर १ मा अधिकारी प्रतिनिधि सभाकाे उम्मेदवार हुँदा नेपाली कांग्रेसका नेता डा. शशांक काेइरालाले भारी मतले हराएका थिए। डा. काेइरालाले याे क्षेत्रमा तीन पटक चुनाव जितिसकेका छन। आफ्नै कार्यकर्ता नचिन्ने र पटक- पटक चिनाजान गर्नुपर्ने रवीन्द्र अधिकारीकाे कार्यशैलीले एमालेका स्थानीय नेता र कार्यकर्ताहरू चिन्तित छन। क्षेत्रका जनतामा उनकाे सम्बन्ध टुटेकाे छ। गाउँमा उनलाई कसैले चिन्दैनन। अहिले अध्यक्ष ओलीकाे दाैराकाे फेराे समातेर टिकट ल्याउन खाेज्दैछन। नवलपुर १ मा एमाले नेता भनेकै छत्रराज पाैडेल हुन भन्ने एमालेका कार्यकर्ता र जनतामा छाप परेकाे छ। स्थानीय तहमा छत्रराजकाे एकलौटी पकड र प्रभाव रहेकाे छ। तर माथिबाट रवीन्द्रलाई फेरि जबरजस्ती टिकट दिएर पठाउन खाेजिएकाे भनेर एमालेका कार्यकर्ताहरू असन्तुष्ट बनेका छन।
एमालेका अध्यक्ष ओली तीन पटक प्रधानमन्त्री हुँदा रवीन्द्र अधिकारीले क्षेत्र र जिल्लामै सडक,पुल,कल्भर्ड,शिक्षा,स्वास्थ्य,खानेपानी,सिंचाई,विद्युतीकरण,सीप विकास,आयआर्जनका कार्यक्रम जस्ता भाैतिक पुर्वाधार निर्माण र विकासका कुनै कार्यक्रम नल्याएकाे भनी एमाले कार्यकर्ताहरूले उनकाे आलाेचना गर्दै आएका छन। त्यही भएर एमालेले उनलाई टिकट दियाे भने अधिकारी टुरिष्ट उम्मेदवार हुने निश्चित जस्तै छ। सबै विकासका काम कांग्रेसका सांसद डा. शशांक काेइरालाले लगेका छन। स्थानीय तहमा छत्रराज पाैडेलकाे पहलमा शिक्षा,स्वास्थ्य,सडक,पुल,नाला,खानेपानी र सिंचाईका काम भएका छन। यसपाली याे क्षेत्रमा कांग्रेसका लाेकप्रिय नेता डा. शशांक काेइराला नउठने सम्भावना छ। कांग्रेसले स्थानीय लाेकप्रिय नेतालाई उठाउने सम्भावना भएकाले एमालेले पनि छत्रराज पाैडेललाई उठाउन सक्याे भने एमालेले भारी मतले चुनाव जित्न सक्ने अवस्था छ। नवलपुरकाे माथिल्लो मगर बाहुल्य क्षेत्रमा रवीन्द्र अधिकारी कहिल्यै पुगेका छैनन। यस्ता कमजाेर र जनाधार नभएका नेतालाई एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनायाे भने एमालेकाे जमानत जफत हुन सक्ने नवलपुर १ का एमाले कार्यकर्ताहरू बताउछन।
याे अवस्थामा एमालेका स्थानीय कार्यकर्ताहरू र एमाले समर्थक जनताहरूले भने गैडाकाेट नगरपालिकाकाे मेयर हुँदा राम्रो काम गरेर पार्टी कार्यकर्ता र जनतालाई खुशी पारेका यस क्षेत्रका लाेकप्रिय नेता छत्रराज पाैडेललाई उम्मेदवार बनायाे भने एमालेले सजिलै सांसद जित्न सक्ने एमालेका कार्यकर्ताहरू बताउछन।
एमाले नवलपुर क्षेत्र नं -२ मा केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज तिलक महतकाे नाम एकल रूपमा सिफारिस गरेकाे छ । एमाले जिल्ला कमिटी नवलपुरले पुस २० गते नवलपुर-२ मा महतको नाममा एकल सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि २०७४ काे चुनावमा तिलक महतले जितेका थिए भने २०७९ काे निर्वाचनमा कांग्रेसका विष्णु कार्कीले जितेका थिए। याे क्षेत्र पनि कांग्रेसको पकेट क्षेत्र मानिन्छ। एमालेले क्षेत्र नं २ मा महतकाे मात्र नाम सिफारिस गरेर १ मा भने ८ जनाकाे नाम सिफारिस गरि भद्रगोल गरेकाेमा एमालेका कार्यकर्ताहरू चिन्तित छन। नवलपुरका दुबै क्षेत्रलाई रास्वपाले पनि ग्रिन क्षेत्रका रूपमा राखेकाे छ।
चितवनमा रास्वपाले तिनवटै क्षेत्र जित्ने बताइरहेकाे बेला चितवनसँगै जाेडिएकाे नवलपुर जिल्लामा एमालेले जनाधार भएका,स्थानीय लाेकप्रिय नेता छत्रराज पाैडेल र तिलक महतलाई उम्मेदवार बनाउन सकेन भने नवलपुरबाट एमाले स्वीप हुन सक्छ एमालेका एक नेताले बताएका छन। छत्रराजले उम्मेदवारी पाए न्याैपानेत्रय,पाैडेल,सापकाेटा र खनालले दिलाेज्यान दिएर सघाउने समेत बताइसकेका छन। रवीन्द्रले टिकट पाए एमालेका धेरै नेताहरू निस्कृय बस्ने र रास्वपामा प्रवेश गर्ने सम्भावना भएकाे एक एमाले नेताले बताएका छन।

