कार्यसम्पादनसमिति बैठकले झन चर्कायो कांग्रेस विवाद,पार्टी एकतामा प्रश्न चिन्ह
काठमाडौं,१८ पौष ।पार्टी भित्र उत्पन्न विवाद समाधानका लागि बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछी महाधिवेशन विवाद झन चर्कन पुगेको छ ।

बहुमतका आधारमा संस्थापन पक्षले महाधिवेशन बैशाखमा सार्ने र जेठसम्म केन्द्रीय समितिको म्याद पनि थप्ने निर्णय गरेपछि कांग्रेस विवाद झन उग्र बनेको हो। बिशेष महाधिवेशन पक्षधर नेताहरुले आफुहरुको फरक मत हुंदा हहुंदै बहुमतका आधारमा गरिएको यो निर्णय नमान्ने बताउंदै पुसमा विशेष महाधिवेशन हुने बताएका छन् ।
विधानले विशेष महाधिवेशन गर्नुको विकल्प नदिएको भन्दै महामन्त्री गगन थापाले गर्नैपर्ने बताए ।थापाले अन्य कुरामा लागू भएको विधान विशेष महाधिवेशनको हकमा नलाग्ने भन्ने नहुने बताए । आज केन्द्रीय समितिले पुसभित्र महाधिवेशन नगर्ने निर्णय गरे पनि विशेष महाधिवेशन नगर्ने प्रस्ताव नआएको थापाले बताए ।
विधानले अब विधान महाधिवेशन गर्नुको विकल्प नदिएको भन्दै थापाले केन्द्रको जिम्मेवार नेताहरूले विधानको पालना नगरे आफूहरूले टुलुटुलु हेरेर नबस्ने बताए । विधानले दिएको अधिकार प्रयोग गरी पुसभित्र विशेष अधिवेशन आयोजना गर्ने उनको भनाइ छ ।
उनले पुसको मसान्तमा काठमाडौंमा विशेष महाधिवेशनमा आउने तयारी गर्न पनि आग्रह गरे ।

