कांग्रेस कार्यसम्पादन समिति बैठकमा महाधिवेशन वैशाख २८–३१ मा गर्न पूर्णबहादुरको प्रस्ताव



काठमाडौं,१८ पौष । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औँ महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव गरेका छन् । सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले तत्काल महाधिवेशन सम्भव नभएकोले वैशाख अन्तिमको मिति प्रस्ताव गरेका हुन् ।

यसअघि घोषित पुस २७ देखि २९ सम्म नहुने भएपछि २०८३ वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्न प्रस्ताव गरिएको जानकारी कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले दिए ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने अहिले नै विशेष महाधिवेशन गर्ने तयारीमा छन् । खड्काको प्रस्तावले विवाद थप चर्किने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्