नक्कली जेनजी बोकेर सरकार चुनावमा जान लागेको दुर्गा प्रसाईको आरोप



काठमाडौं,१७ पुस। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले नक्कली जेनजी बोकेर सरकार चुनावमा जान लागेको आरोप लगाएका छन् ।

जेनजी आन्दोलनमा सहभागी ३७ भन्दा बढी समूहका सक्कली जेनजीलाई रुवाएर सरकार चुनावमा जान नसक्ने उनको भनाइ छ ।

प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले भने, ‘११ सयभन्दा बढी जेनजी जेलमा छन् । केही नक्कली जेनजीलाई साथ लिएर सरकार वास्तविक जेनजी रुवाएर अघि बढिरहेको छ । जेनजी रुवाएर २१ फागुनमा चुनाव सम्भव छैन ।’

वार्तामा प्रसाईंसँगै केही जेनजीका प्रतिनिधि पनि सहभागी थिए । उनीहरूले आफ्ना ११ सयभन्दा बढी साथी विभिन्न अभियोगमा थुनामा रहेको भन्दै तत्काल रिहाइको माग गरेका थिए ।

वार्ताको क्रममा जेनजी प्रतिनिधिले सरकार बाहिर रहँदा पाँच दिनभित्र भ्रष्टाचारीलाई कारबाही गर्न सकिन्छ भनेर दिएको अभिव्यक्तिमाथि पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । त्यसमा प्रधानमन्त्रीले निरीहता प्रदर्शन गरेको प्रसाईंको भनाइ छ । file foto

प्रतिक्रिया दिनुहोस्