रबि र बालेनसंंग मिले कुलमान,रास्वपाको उपसभापति बन्ने
काठमाडौं,१४ पौष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकताको सहमति भएको छ ।यो सहमतिसँगै घिसिङ उपसभापति बन्ने भएका छन् ।

पार्टी सभापति भने रवि लामिछाने र प्रधानमन्त्रीको उमेदवार बालेन शाह हुने सहमति रवि र बालेनबीच यसअघि नै भइसकेको छ । रवि र बालेनबीच सहमति भएपछि कुलमानलाई पनि सहमतिमा ल्याउन वार्ता र संवाद जारी थियो । जसमा सोमबार सहमति जुटेको हो ।
रवि, बालेन र कुलमानलाई एकै ठाउँमा उभिनका लागि सुधन गुरुङलगायत जेनजी अगुवाहरूले दबाब दिँदै आएका थिए । सहमतिपछि सुधनले आफूहरूले मिलाएरै छाडेको प्रतिक्रिया दिएका छन् ।

