शेर्पा किदुग रोमानियाले ग्याल्पो ल्होसारका अवसरमा बिशेष कार्यक्रम गर्ने



दावा जाङ्बु शेर्पा,काठमाडौं,१४ पौष । हिमाली बौद्ध धर्मावलम्बीहरुले राष्ट्रिय महान चाड तथा नयाँ वर्ष मे फो ता लो २१५३ औं ग्याल्पो ल्होसार उल्लासमय रूपमा मनाउन शेर्पा किदुग रोमानियाले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

नेपाली संस्कृतिको प्रवर्द्धन,परम्पराको जगेर्ना र प्रवासमा एकता बढाउने उद्देश्यले आगामी फेब्रुअरी २२ आइतबारका दिन सेक्टर २, बुकारेष्ट रेष्टुरेन्ट इस्टको सभा हलमा शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रम गरेर ल्होसार पर्व मनाउन लगिएको अध्यक्ष ल्हाक्पा तेन्जी लामा शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली स्वादिष्ट परिकार र पेय पदार्थ,शेर्पा समुदायको परम्परागत स्याब्रु नृत्य,स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिविविध नेपाली सांस्कृतिक लोक र पप गीतका साथ निरन्तर डिजे प्रदर्शनका सँगै मनोरञ्जनात्मक डिजे प्रस्तुतिहरू गरिने आयोजकले जनाएको छ।

कार्य ब्यस्तताका कारण उत्पन्न तनाब र थकानलाई न्यूनिकरण गर्दै आफ्नो पन महसुस गराउन यस कार्यक्रमले सहयोग पुराउने अध्यक्ष शेर्पाले बताएका छन । संस्थाले रोमानियाबासी सम्पुर्ण नेपालीहरूलाई लोसार कार्यक्रममा सहभागि भई शेर्पा जातिको संस्कार सस्कृतिको अध्ययनसंगै भरपुर मनोरन्जन लिन बिशेष आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्