नयाँ नेतृत्व र एकीकृत वैकल्पिक शक्ति नेपाली जनताको चाहना : कुलमान
काठमाडौं,१३ पौष । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्। सकेसम्म एकता र नसके कार्यगत एकतामार्फत अघि बढ्नुपर्ने उनको धारणा छ।

पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सही नेतृत्व र वैकल्पिक शक्तिहरू एक भएर अघि बढ्न आह्वान गरे। नेपाली जनताको चाहना पनि नयाँ नेतृत्व र एकीकृत वैकल्पिक शक्ति भएको उनले बताए।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सहमति सार्वजनिक भएकै दिन घिसिङको यो अभिव्यक्ति आएको हो। उनले बालेनसँग सहकार्यका विषयमा छलफल भए पनि आफू हाल त्यस प्रक्रियाबाट बाहिर रहेको बताए।
घिसिङले उज्यालो नेपाल पार्टीले सम्मान र स्वाभिमान नमेटाई सबैसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे। यसका लागि गृहकार्य भइरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वाससमेत उनले व्यक्त गरे।
file foto

