नायक तथा मोडल पुस्पल खड्काको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)



काठमाडौं, १३ पौष । नायक तथा मोडल पुस्पल खड्काद्वारा अभिनित ‘प्यारी छोरी’ बोलको गीत हिजो सुमाम्सा बान्तवा युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

माङ्गमु फिल्मससँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुती रहेको निकै मार्मिक गीतका गीतकार तथा भिडियोका कथाकार मोहन बान्तवा हुन । मोहन राईको संगीत,राजु कार्कीको संगीत संयोजन र दिनेश माङ्गमुको निर्देशन रहेको उक्त गीतको भिडियो बाबु र छोरी विचको प्रगाढ मायालाइ दर्साएको छ । यस गीतका गायक गायिकामा चर्चित गायक राजेश पायल राई र सुमाम्सा बान्तवा हुन । सुमाम्साले यस गीतमा स्वरमात्र दिएकी छैनन फिचर पनि भएकी छिन । यस गीतको मर्म स्पर्शी भिडियोमा पुश्पल खड्का र सुमाम्सा बान्तवा बाबु र छोरीको रुपमा फिचर भएका छन ।

६ मिनेट २६ सेकेण्ड लम्बाई रहेको यस भिडियोमा संघर्षशील एक परिवार जहाँ बाउ र सानी छोरी छन । त्यहाँ दुवैको सपना र विश्वासलाई बलियो रुपमा देखाइएको छ । अझ सुमाम्साको जीवन्त अभिनयले भिडियोलाई गहकिलो बनाएको छ । सुमाम्सा अष्ट्रेलियामा जन्मिएर उतै हुर्किए पनि उनको स्वरमा नेपाली लवज र अभिनयमा नेपालीपन आउनुले पनि उनीमा नेपाल,नेपाली भाषा संस्कृति र कला प्रतिको माया कति रहेछ भन्ने कुरा प्रष्ट हुन्छ । सुमम्सा अष्ट्रेलियाको एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन । १२ बर्षिय सुमाम्सा सानै उमेरदेखि नाचगान,गीत संगीतमा विशेष रुचि राख्दथिन । त्यसैले उनी ७ बर्ष देखी गितार सिक्दै आएकी छिन । विगत एक बर्षदेखि स्वर संगीतको अध्ययन गरिरहेकी छिन भने ३ बर्षदेखि नाटक ( ड्रामा ) को प्रशिक्षण तथा नृत्य क्लास पनि लिइरहेकी छिन ।

उनी साँगितिक तथा कला क्षेत्रको मात्र नभइ पौडी र भलिबलको पनि प्रशिक्षण विगत केही बर्षदेखी लिइरहेकी छिन । उनी चौतर्फी रुचीका बाबजुद पनि अध्ययनमा पनि अब्बल भएकोले नै हुुुनुपर्छ । उनी अध्ययनरत विद्यालयमा अष्ट्रेलियन र अन्य मुलुकका विद्यार्थीलाई समेत पछि पार्दै उनी बर्षका उत्कृष्ट ५ विद्यर्थीहरुमध्येमा चयन भएकी छिन । यस्ति प्रतिभाशाली सुमाम्सालाई नेपाली चेली भन्न पाउनु हामी आम नेपालीको गर्बको कुरा हो ।

 

 

प्रतिक्रिया दिनुहोस्