एमाले सचिवालय बैठक आज बस्दै,समानुपातिक उम्मेदवारबारे छ्लफल हुने



काठमाडौँ,१३ पौष । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न बिहान ११ बजे बैठक बस्न लागेको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने उनले बताए । “समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाकिएको छ”, सचिव डा भट्टराईले भन्नुभयो ।

बैठक ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । पार्टीको ११औं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्