नेपाल शेर्पा बिद्यार्थी संघको १५औं राष्ट्रिय महाधिवेशन माग ३ गते हुने



दावा जाङ्बु शेर्पा,काठमाडौं,१० पौष । नेपाल शेर्पा विद्यार्थी संघको १५औं राष्ट्रिय महाधिवेशन आयोजनाका लागि अध्यक्ष फुर्वा छिरिङ शेर्पाको संयोजकत्वमा ४०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

आगामी माघ ३ गते काठमाडौंमा हुने महाधिवेशन आयोजक समितिको सहसंयोजकमा वरिष्ठ उपाध्यक्ष गेलु शेर्पा र सचिवमा महासचिव पेम्बा ग्यालजेन शेर्पा रहेका छन्। महाधिवेशनमा संघको संगठनात्मक प्रतिवेदन महासचिव तथा आर्थिक प्रतिवेदन कोषाध्यक्षले प्रस्तुत गर्ने सचिब शेर्पाले जानकारी दिए।

केन्द्रीय,प्रदेश,जिल्ला र पालिका समितिका पदाधिकारी,प्रतिनिधि तथा शुभेच्छुकहरूलाई निर्धारित मितिमा उपस्थित भई महाधिवेशनलाई सफल बनाउन संयोजक फुर्वा छिरिङ शेर्पाले आग्रह गरेका छन्।

नेपाल शेर्पा विद्यार्थी संघ देशभर रहेका शेर्पा विद्यार्थीहरूको हक हित,अधिकार,शैक्षिक उत्थान तथा सामाजिक चेतनाको विकासका लागि स्थापित एक राष्ट्रिय स्तरको विद्यार्थी संगठन हो। स्थापना कालदेखि नै यस संघले विद्यार्थीहरूको नेतृत्व विकास, एकता सुदृढीकरण तथा समुदायको समग्र प्रगतिमा निरन्तर योगदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्