लिङदेन र थापाले गरे पार्टी एकीकरण गर्ने सहमतिमा हस्ताक्षर, घोषणा १६ गते हुने



काठमाडौं,९ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकता हुने भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देख र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकीकरण गर्ने समझदारीमा हस्ताक्षर गरेका छन् ।

बुधबार (पुस ९) दुई पार्टीबीच एकता हुने सहमति भएको हो । पार्टी एकताको घोषणा भने यही पुस १६ गते राष्ट्रिय सभागृहमा हुने जनाइएको छ ।

२०७८ मंसिरमा राप्रपाको सातौं महाधिवेशनमा अध्यक्ष पदमा थापा लिङ्देनसँग पराजित भएपछि पार्टी विभाजन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्