पार्टी महाधिवेशनबारे कांग्रेस महामन्त्री थापाको नयाँ प्रस्ताव
काठमाडौँ,९ पौष । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन थापाले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीका तीन तहको मात्रै अधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो बसेको बैठकमा महामन्त्री थापाले तीन तहको अधिवेशन गरेर निर्वाचनमा जाने प्रस्ताव राखेका बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
‘महामन्त्री गगन थापाजीले महाधिवेशनको कार्यतालिका सम्बन्धमा कुरा उठाउनुभएको थियो । वडा र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गरेर केन्द्रमा महाधिवेशन गरी निर्वाचनमा जाने प्रस्ताव उहाँले बैठकमा राख्नुभयो,’ प्रवक्ता महतले भने ।
तर, अन्य नेताहरूले भने पहिला हचुवाका भरमा निर्णय गर्दा कार्यान्वयन गर्न नसक्ने अवस्था आएको बताएका थिए । उनीहरूले सोच विचार गरेर कार्यान्वयन गर्न सक्ने गरी कार्यातालिका परिमार्जन गर्नुपर्ने बताएको प्रवक्ता डा.महतले जानकारी दिए । file foto

