मिराजसहितका जेनजी नेता प्रहरीको नियन्त्रणमा



काठमाडौं,७ मंसिर । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’लाई फेरि प्रहरीले नियन्त्रणमा लिएको छ । केही जेनजीलाई यसअघि नियन्त्रणमा लिइए पनि प्रहरीले तत्कालै छाडेको थियो ।

सोमबार (पुस ७) प्रदर्शनमा उत्रिएका जेनजी अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मिराज ढुंगाना, रविकिरण हमाल,अजय सोडारीलगायत जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरीको गाडीमा राखिएको छ ।

मिराज, डा. निकोलस भुसाललगायत जेनजीलाई प्रहरीले यसअघि पनि नियन्त्रणमा लिएको थियो । उनीहरूलाई प्रहरीले लैजान खोजेको थियो । तर, उनीहरूले प्रहरीको गाडीमा बस्न मानेनन् । भीडले नाराबाजी गर्‍यो । त्यसपछि प्रहरीले उनीहरूलाई तत्कालै छाडेको थियो । पुनः उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्