जिम्मेवारीमा फर्किए रबि,उनकै अध्यक्षतामा बैठक सुरु
काठमाडौँ,६ पुस ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएका छन् । सहकारी ठगी प्रकरणको मुद्दामा बिगो बराबरको धरौटी राखेर शुक्रबार रिहा भएका लामिछाने सभापतिकै जिम्मेवारीमा फर्किएका हुन्।

जेल चलान भएपछि रविले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । आज उनै अर्यालले कार्यकक्षमा लामिछानेलाई सभापतिकै रुपमा स्वागत गरेका छन् ।
त्यसपछि आज बसेको केन्द्रीय समितिमा उनी सभापतिकै रुपमा क्रियाशील भएका हुन् । आजको बैठक उनकै अध्यक्षतामा जारी छ ।
त्यसअघि लामिछानेलाई बनस्थलीमा रहेको पार्टी कार्यालयमा नेता कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका थिए । जेलबाहिर आएपछि केन्द्रीय कार्यालय पुगेका लामिछानेले सम्बोधनसमेत गरेका थिए । सम्बोधनका क्रममा लामिछानेले बिघटित संसद पुनर्स्थापनाको चलखेल नगर्न कांग्रेस एमालेलाई चेतावनी दिएका थिए।

