कुसुम स्मृति प्रतिष्ठानको १० औं साधारण सभा सम्पन्न



सोलुखुम्बु,५ पौष । शहीद कुसुम स्मृति प्रतिष्ठान,नेपालको १० औं साधारण सभा सम्पन्न भएको छ ।

प्रतिष्ठानको सभाहलमा शनिबार सम्पन्न साधारणसभालाई सम्बोधन गर्दै
प्रतिष्ठानका सल्लाहकार एवं पूर्व संघीय संसद प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सूरवीर’ ले शहीद कुसुम स्मृति प्रतिष्ठानले समाज रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै यसलाई थप सशक्त बनाउन आफ्नो साथ र सहयोग रहने प्रतिवद्वता व्यक्त गरे।

सहिद कुसुम अन्याय,अत्याचार र भ्रष्टाचारबिरुद्ध डटेर लडेकै कारण कुसुम सहिद बनेको स्मरण गर्दै नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका राईले उनको योगदानले जनहित र सुशासनको पक्षमा दृढतापूर्बक लड्न आफुहरुलाई प्रेरित गरिरहेको बताएका थिए।
कोशी प्रदेश सभा सदस्य प्रतिष्ठानका सल्लाहकार गोम्बु शेर्पा कर्ज्याङले प्रतिष्ठानको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्द्ता व्यक्त गरेका थिए ।

प्रतिस्ठानका अध्यक्ष लोकेन्द्र आरसीको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपाली कम्युनिष्ट पार्टी,सोलुखुम्बुका संयोजक नाम्गेल शेर्पा,विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्व,प्रतिष्ठानका यशस्कर सदस्य,संरक्षक सदस्य,विशिष्ट सदस्य,आजिवन सदस्य लगायत को उपस्थिति रहेको थियो ।

साधारण सभाले गत आर्थिक बर्षको वार्षिक प्रगति प्रतिवेदन,लेखापरीक्षण प्रतिबेदन तथा चालु आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम पारित गरिएको अध्यक्ष आर.सीले जानकारी दिए।साधारणसभाबाट चालु आर्थिक बर्षका लागि ३३लाख १० हजार बराबरको बजेट तथा कार्यक्रम पारित गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्