निर्वाचन नै अब देशको सबभन्दा सहज बाटो हो : प्रचण्ड



काठमाडौं,५ पौष । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक निर्वाचन बिथोल्ने काम नगर्न चेनावती दिएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन नै सहज विकल्प भएको बताए। ‘फागुन २१ को निर्वाचन फागुन २१ मै हुनुपर्छ। निर्वाचन नै अब देशको सबभन्दा सहज बाटो हो,’ प्रचण्डले भने, ‘निर्वाचन बिथोल्ने काम कसैले नगरोस्।’

पूर्वदेखि पश्चिमसम्म एकता सन्देश सभाका क्रममा जनता पनि निर्वाचनका लागि तयार भइरहेको पाएको उनको भनाइ थियो। राजनीतिक दल पनि निर्वाचनको तयारीमा जुटिरहेको उनले बताए।
संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा परेका मुद्दालाई लिएर चुनाव नहुने हो कि भन्ने चिन्ता नगर्न आग्रह गर्दै प्रचण्डले भने, ‘नेपाली कांग्रेसको संस्थागत निर्णय चुनावमा जाने नै छ। हामीले त सुरुदेखि नै चुनावको विकल्प छैन भनेका छौं।’

उनले,काठमाडौँका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङलाई सहिदको रगतको मूल्य बुझ्न आग्रह पनि गरे।संसदमा बोल्दा पनि उनीहरूलाई सम्झाएको र अझै पनि लोकतन्त्रका पक्षमा लड्न आग्रह गर्न चाहेको उनको भनाइ थियो। उनले भने, ‘फेरि पनि बालेन र हर्क साम्पाङलाई भन्छु– हाम्रो रगत र पसिनाको मूल्य बुझ्नुहोस्, सहिदको रगतको मूल्य बुझ्नुहोस्।’

प्रतिक्रिया दिनुहोस्