नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौंमा एकता सन्देश सभा गर्दै



काठमाडौँ,५ पौष । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौंमा एकता सन्देश सभा गर्दैछ।

नेकपाले आज काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा गर्न लागेको हो । बागमती प्रदेश कमिटी,सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीको आयोजनामा हुने कार्यक्रम दिउँसो १२ बजेपछि सुरू हुनेछ ।
एकता सन्देश सभाअघि काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित नेता कार्यकर्ताहरू भृकुटीमण्डप पुग्ने नेकपाले जनाएको छ। सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’,सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल,वामदेव गौतम,नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।

कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १२ वटा वामपन्थी घटकहरू मिलेर नेकपा गठनपछि पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्