मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए बिश्वासको मत, विपक्षमा शून्य
जनकपुरधाम,४ पौष। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।

शुक्रबार प्रदेश सभामा लिएको विश्वासको मतमा यादवको पक्षमा ९२ मत परेसँगै यादवले विश्वासको मत पाएका हुन् । आजको मतदानमा ९२ सांसद उपस्थित रहेका थिए । उनको विपक्षमा र तटस्थमा शुन्य मत परेको थियो ।
नेपाली काङ्ग्रेसका मुख्यमन्त्री कृष्णालाई नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल संघीय समाजवादी, संघीय समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरे।

