दोर्जी सुशील रास्वपाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समाबेश
सोलुखुम्बु,४ पौष । राष्ट्रिय स्वतन्त्र पार्टीले सोलुखुम्बुबाट दोर्जी सुशिल शेर्पालाई समानुपातिकको बन्द सूचीमा समाबेश गरेको छ ।

आगामी फागुन २१ गते हुने संघीय संसद प्रतिनिधि सभाको निर्बाचनका लागि समानुपातिक उम्मेदवारका रुपमा शेर्पालाई समानुपातिकको बन्द सूचीमा आदिवासी जनजाति तर्फबाट समाबेश गरेको हो। नेकपा एकीकृत समाजबादी परित्याग गरि शेर्पा केही समय अघि रास्वपा प्रवेश गरेका थिए ।
समाजसेवासंगै ,कानुन र पर्यटन ब्यबसायमासमेत सक्रिय शेर्पा राहनीतिमा समेत उत्तिकै सक्रिय छन् । शेर्पासंगै कोशी प्रदेशको पाँचथरबाट महेन्द्र विक्रम थाम्सुहाङ (आदिवासी जनजाति) इलामबाट सन्तोष मोक्तान (आदिवासी जनजाति), मोरङबाट कृष्ण बहादुर निरौला (खस आर्य), झापाबाट बिवेक तामाङ (आदिवासी जनजाति)सुनसरीबाट अख्तर हुसेन (मुस्लिम), झापाबाट गीता प्रसाद अधिकारी (खस आर्य),उदयपुरबाट कृष्ण कुमारी घिमिरे श्रेष्ठ (आदिवासी जनजाति )तेहथुमबाट डम्बर बहादुर खड्का (खस आर्य),उदयपुरबाट गृष्मा थापा (खस आर्य),संखुवासभाबाट भक्त नारायण श्रेष्ठ (आदिवासी जनजाति)मोरङबाट प्रेमलाल चौधरी (थारु), खोटाङबाट सत्यकला राई (आदिवासी जनजाति),सुनसरीबाट देव कुमारी भण्डारी (खस आर्य)र मोरङबाट आयुष मानन्धर (आदिवासी)पनि समानुपातिकको बन्द सूचीमा समेटिएको रास्वपाले जनाएको छ ।

