एमाले अध्यक्षमा भारी मतान्तरले ओली बिजयी
काठमाडौ,३ पौष । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली बिजयी भएका छन् । तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा बिजयी ओलीले १ हजार ६६३ मत प्राप्त गरेका छन् ।
अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २२ सय २७ प्रतिनिधिले मतदान गरेकोमा उनका प्रतिद्वन्द्वी पोखरेलले ५६४ मतमात्र प्राप्त गरेका छन् । अन्य पदमा पनि ओली प्यानलकै बर्चस्व रहने देखिएको छ ।
यसैगरी, महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन् ।
अन्तिम मत परिणामअनुसार पोखरेलले १,२२८ मत प्राप्त गर्दै प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । पाण्डेले ९९९ मत प्राप्त गरेका छन् ।

