सोलुबाट मानबीर ओली प्यानलमा समेटिए,केन्द्रीय सदस्यमा बुद्धिकुमार पनि भिड्दै
काठमाडौं,२९ मंसिर । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोलुखुम्बुबाट दुई नेताले केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुस १ गते भृकुटीमण्डपमा नेतृत्व चयनका लागि हुने निर्बाचनमा सोलुखुम्बुबाट पूर्ब रक्षामन्त्री मानबीर राई र पूर्ब कोशी प्रदेश मन्त्री बुद्धिकुमार राजभण्डारीले कोशी प्रदेश भूगोल खुलातर्फबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न लागेका हुन ।
केन्द्रीय सदस्य समेत रहेका राई अध्यक्ष केपी ओलीको प्यानलमा कोशी प्रदेशबाट समेटिएका छन् भने प्रदेश सचिवालय सदस्य राजभण्डारी कुनै प्यानलमा छैनन् । उनी स्वतन्त्र रूपमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न लागेको हुन। दुबै जनाको उम्मेदवारी दर्ता समेत भइ सकेको महाधिवेशन प्रतिनिधि जगनाथ बास्तोलाले जानकारी दिए।

