राष्ट्रिय परिचयपत्रमा विवरणहरू हेरफेर गर्ने दुई जना पक्राउ



काठमाडाैँ,२९ मंसिर । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन,२०७६ अन्तर्गतकाे कसूरमा २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर ३ बस्दै आएका २८ वर्षीय सुनित प्रभाग रेग्मी र साेही महानगरकाे वडा नम्बर १३ बस्ने वर्ष २८ वर्षकै आशिष बाबु कुमाल रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूराेका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार रेग्मीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौंमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्ड दुरूपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिहरुका विवरणहरु हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गरेका थिए ।

शनिबार पक्राउ परेका उनीहरुलाई आइतबार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्