एमाले नेतृत्व चयनका लागि पुस १ गते मतदान हुने (कार्यतालिका सहित)



काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) का ११औं महाधिवेशनका क्रममा नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना प्रकाशित गरी मंसिर २८ देखि पुस १ गतेसम्मको विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

हिजोदेखि सुरु भएको महाधिवेशनका क्रममा एमालेले केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन तालिका सार्वजनिक गरेको हाे । एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार आज नै बेलुका ७ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।

निर्वाचन कार्यक्रम पार्टीको विधान र निर्वाचन नियमावलीको अधिनमा रहेर तोकिएको छ र सम्पूर्ण कार्यक्रम अधिवेशन स्थलमै सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्