नेपाल उद्योग बाणिज्य महासंघको साधारणसभा मंसिरमा हुने

काठमाडौं, २ असोज । नेपाल उद्योग बाणिज्य महासंघ साधारण सभा आगामी मंसिरमा हुने भएको छ। महासंघको शुक्रबार बसेको बैठकले पटकपटक सर्दै आएको साधारण सभा मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो।
महासंघको ५४औं साधारणसभा नियमित रूपमा हुनका लागि चैत २८ र २९ गते काठमाडौंमा हुने तय भएको थियो। तर कोरोना महामारीको संकट सुरु भएकाले जेठको पहिलो साताका लागि तय गरिएको थियो। जेठमा पनि साधारणसभा हुन नसकेपछि साउन २६ र २७ गते का लागि ललितपुरमा गर्ने गरी सारिएको थियो।


