एमाले महाधिवेशनको बन्द सत्र आजबाट भृकुटीमण्डपमा सुरु हुंदै
काठमाडौं,२८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजबाट सुरु हुँदैछ।

शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो।
देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको छ। तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्। महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो।
उद्घाटन कार्यक्रममा ७७ वटै जिल्लाका सहभागीले एक सय आठ रोपनी क्षेत्रफल भरिएको थियो।बन्दसत्रबाट एमालेले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
नयाँ नेतृत्व चयनका लागि आज (आइतबार) बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने पूर्व निर्धारित कार्यक्रम भए पनि नेतृत्वमा आन्तरिक सहमति नजुट्दा केन्द्रीय समिति बैठक बोलाइएको छ ।
बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ। देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन्।
महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ।
यसपटक अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा लगभग निश्चित देखिएको छ । दुबै पक्ष नेतृत्वमा प्रतिस्पर्धाका लागि आआफ्नो प्यानल निर्माणमा सक्रिय भएर लागेका छन् ।

