अध्यक्ष ओली अभिभावकीय भुमिकामा बस्नुपर्छ : पोखरेल
काठमाडौं,२४ मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली अभिभावकीय भूमिकामा बसेर अरु कोही नेतृत्व आए आफूले स्वीकार गर्न तयार रहेको संकेत गरेका छन्।

बुधबार काठमाडौंमा सम्पदाकहरूसँग अन्तरक्रिया गर्दै पोखरेलले ओलीबाहेक अरु नेता अध्यक्ष हुने अवस्थामा आफूले त्यसलाई स्वीकारेर अगाडि बढ्ने संकेत गरेका हुन्।अन्यथा ओलीसंग अध्यक्षमा प्रतिस्पर्धा हुने उनको भनाइ थियो । उनले परिणामलाई स्वीकार गर्ने पनि बताए।
‘भीम रावल र माधव नेपाल जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन हामी प्रतिस्पर्धा गर्छौं यदि विजय नभए पनि एमालेको पक्षमा एमाले भएर रहिरहन्छ।’ उनले भने, ‘प्रतिस्पर्धा गरिन्छ भने त्यसको परिणामलाई स्वीकार्न हामीलाई पनि आउँछ। बाम एकताको पक्षमा हामीहरू छौँ। पार्टी छाडेर जाने कुरा आफूहरूले सोचेको छैन।’
उनले आफूलाई कमजोर बनाउनका लागि बजारमा अनेक किसिमको हल्लाहरू गरिएकाले त्यसको पछाडि नलाग्न समेत आग्रह गरेका छन्। पोखराले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे अब पनि कुरा उठ्ने समेत दाबी गरेका छन्।
उनले संविधान पार्टी विधान विश्वको अभ्यासले नै भण्डारीको सदस्यता रोक्न नसक्ने भन्दै उनले यो विषय पार्टीको एजेण्डा भएको समेत दाबी गरेका छन् । file foto

