दार्चुलामा एकाबिहानै ४.६ म्याग्निच्युडको भूकम्प



काठमाडौं,२१ मंसिर । दार्चुलामा एका बिहानै भूकम्प गएको छ ।

अहिले बिहान ८ बजेर २८ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्