सोलुखुम्बुमा भीरबाट खस्दा एक पुरुषको मृत्यु
दीप खालिङ,सोलुखुम्बु,२१ मंसिर । सोलुखुम्बुमा भीरबाट खसेर एक पुरुषको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–१ का ४६ वर्षीय शहरमान राईको भिरबाट खसेर मृत्यु भएको हो। घर फर्कने क्रममा भिरको साँघुरो बाटो प्रयोग गर्दै हिँडिरहेका राई शुक्रबार साँझदेखि बेपत्ता रहेका थिए।

शनिबार बिहान स्थानीयवासीले खोजतलास गर्ने क्रममा उनलाई करिब १०० मिटर तलको भिरमा मृत अवस्थामा फेला पारेका हुन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको टोली पुगेपछि आवश्यक मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पुर्याइएको प्रहरीले जनाएको छ।
स्थानीयवासी प्रकाश राईका अनुसार मृतक घर फर्कने क्रममा चिप्लिएर भिरबाट खसेको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

