‘तुरुपको दु का’ मा अभिनय गर्दै मोडल देव महतो
चितवन,३० कात्तिक । पर्यटकीय नगरी सौराहका कलाप्रेमि युवा समूहको सक्रियतामा चलचित्र ‘तुरुपको दु का’ निर्माण हुने भएको छ ।

शनिबार चितवनको रत्ननगर नपा ८ मा रहेको चित्रसारी मन्दिरमा चलचित्रको शुभमूहुर्तसगैं निर्माण घोषणा भएको हो । समसामयिक कथावस्तुमा आधारित चलचित्र‘तुरुपको दु का’ मा चर्चित मोडल देव महतो,स्वस्तिका चौधरी,अजय चौधरी,बिकिस्मा चौधरी लगायतको अभिनय रहने छ ।
बराली प्रोडक्शन व्यानरमा निर्माण हुने ‘तुरुपको दु का’मा हिरा चौधरीको निर्देशन रहने छ भने चितवन वरिपरी र मकवानपुरको बिभिन्न रमणीय स्थानमा छायांकन हुने निर्देशक चौधरीले बताउनु भएको छ ।

