विप्लव,शर्मा र भुसालले राजनीतिक सहकार्य गर्ने
काठमाडौं,२१ कार्तिक । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पार्टी एकताको विपक्षमा उभिएका पूर्वमाओवादी नेता जनार्दन शर्मा र पूर्वएकीकृत समाजवादीका नेता घनश्याम भुसाल सहकार्य गर्न सहमत भएका छन् ।

शुक्रबार ललितपुरको हरिसिद्धिस्थित विप्लव निवासमा भएको त्रिपक्षीय छलफलमा समग्र राजनीतिक पुनर्गठनका लागि सैद्धान्तिक सहमति भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।
“तीनवटा विषयमा सहकार्य गर्ने सहमति बनेको छ । न्यू कम्युनिस्ट सेन्टर निर्माणका लागि सकारात्मकरूपमा अघि बढ्ने, नेपालमा समाजवादको निम्ति पहल गर्ने र जटिल राजनीतिक स्थितिको निकासका लागि सहकार्य गरेर जाने सहमति बनेको छ,” उनले भने ।बैठकमा भएका छलफलका विषयलाई समेटेर तीन नेताको तर्फबाट आजै संयुक्त विज्ञप्ति जारी हुँने बताईएको छ् ।

