आत्मदाह प्रयास गरेकी गायिका पौडेलको मृत्यु



काठमाडौँ,७ कार्तिक । संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ।

उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारकाक्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।गायिका पौडेलले गत शनिबार अनामनगरस्थित आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन ।आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई सोही दिन वर्न अस्पतालमा उपचारका लागि लगिएको थियो।

पौडेलको शरीरमा लागेको आगो निभाउनेक्रममा गायक गिरी पनि सामान्य घाइते भएका थिए। उनीमाथि प्रहरीले सोधपुछ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्