सिटिजन लाइफ इन्स्योरेन्स सूर्यविनायक शाखाले बार्षिकोत्सवका अवसरमा गर्यो रक्तदान
काठमाडौं,२ कार्तिक । सिटिजन लाइफ इन्स्योरेन्स सूर्यविनायक शाखाले कम्पनीको आठौं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

कम्पनीको आठौं वार्षिक उत्सवको अवसरमा आइतबार शाखाले सूर्यविनायकस्थित टुरिजम मार्केटको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय शाखा प्रमुख दिपेन्द्र लम्साल,सुर्यविनायक शाखा प्रमुख प्रमिला प्रजापति, सिनियर एजेन्सी म्यानेजर सुरेश बाबु जमरकटेल,एजेन्सी म्यानेजर रूकेश रन्जित, संगीता कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ३१ जना रक्तदाताहरूले रक्तदान गर्नुभएको छ ।
रक्तदाताहरूलाई क्षेत्रीय शाखा प्रमुख दिपेन्द्र लम्सालले प्रमाणपत्र समेत वितरण गर्नुभएको छ । जीवन बीमाको क्षेत्रमा अग्रणीम संस्था सिटिजन लाइफ इन्सुरेन्सले जीवन बीमा मात्र नगरेर सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत नै यो रक्तदान सम्पन्न गरिएको सिनियर एजेन्सी म्यानेजर सुरेश बाबु जमरकट्टेलले जानकारी दिनुभयो ।

