मेरुदण्डीय पक्षघात समूह नेपालमा राकसकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति



काठमाडौं,१५ भदौ । मेरुदण्डीय पक्षघात समूह नेपालको १० औ साधारणसभा तथा ५ औ अधिवेशन सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष देवीदत्त आचार्यको विशेष आतिथ्यतामा नेपाल अपाङ् सघं जोरपाटीको सामुदायिक हलमा सम्पन्न अधिबेशनले झरना कुमारी राकसकोटीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा कृष्ण प्रसाद भण्डारी,महासचिवमा केशव थापा,सचिवमा राजेन्द्र खनाल,कोषाध्यक्षमा तारा प्रसाद पाण्डे साथै सदस्यहरुमा संगिता माझि,लक्ष्मी कुँवर,राम बहादुर तामाङ,राम प्रसाद विक,सरिता कोइराला र ढाल बहादुर बस्नेतलाई सर्वसम्मत चयन गरेको छ ।

अधिबेशनको उद्घाटन सत्रमा स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रका सस्थापक कनकमणि दिक्षित,गोकर्णेश्वर नगरपालिका वडा नं.८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ,राष्ट्रिय शहिद तथा शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्देल,भगवती युवा क्लबका अध्यक्ष शिव काररन्जित,मेरुदण्डीय पक्षघात समुह नेपालका सल्लाहकार तथा स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा मेडिकल निर्देशक राजु ढकाल, नेपाल युथ फाउण्डेशनका कार्यक्रम अधिकृत रिता महत, Asterisk International Services PVT Ltd का संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक नारायण कृष्ण खरेल,नेपाल नेत्रहीन संघका उपाध्यक्ष भाबुक जंग थापा,अपाङ पुनस्र्थापना केन्द्रका अध्यक्ष उदय बहादुर लिम्बु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा मेरुदण्डीय पक्षघात समूह नेपालको १० वर्षे यात्रामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै व्यक्तितर्फ कृष्ण खड्का र संस्थागत तर्फ नेपाल युथ फाउण्डेशन, Asterisk International Services PVT LTD लाई माला र प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल,स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रका संस्थापक कनकमणि दिक्षित, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय अध्यक्ष देवीदत्त आचार्य,मेरुदण्डीय पक्षघात समूह नेपालका निवर्तमान अध्यक्ष ऋषिराम ढकाल लगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्