प्रहरीको ३२ औं महानिरीक्षक बने चन्द्रकुवेर खापुङ,१९ गतेदेखि कार्यभार सम्हाल्ने
काठमाडौं,१३ भदौ। सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । खापुङले १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्ल।
आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । खापुङले
प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले नै प्रहरीको ३२ औं आईजीपीको टुंगो लगाएको हो ।

