स्वर्गीय राजाको सम्पत्तिमा समेत एमालेले आखा लगायो:शेखर कोईराला
केदार बस्नेत,काठमाडौं।नेपाली कांग्रेस सोलुखुम्बुले आयोजना गरेको अन्तरक्रिया तथा पार्टीलाई योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ।

नवदुर्गा पार्टी भेन्युमा आज शनिबार भएको अन्तरक्रिया कार्यक्रम केहिबेर अघि सम्पन्न भएको हो।सोलुखुम्बुबाट संघीय राजधानी काठमाडौंमा आई अस्थायी तथा स्थायी रूपमा बसोबास गर्ने विभिन्न पेशा र व्यवसायमा सक्रिय रहेका तथा नेपाली कांग्रेस पार्टीमा आवद्ध नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो।
यसैबीच कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य डा शेखर कोईरालाले पार्टीभित्र एकता नभै घात र अन्तरघात बढी भएकाले त्यसलाई निर्मुल पार्नु पर्ने बताउँनुभयो।डा कोईरालाले कांग्रेसमा एकता हुनु नै आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो।अहिलेको सरकार गठन हुने बेला भएको सम्झौता कार्यान्वयन हुनुपर्ने बताउनुभयो।कोईरालाले एमालेले खालि भुमि देख्नै नहुने भन्दै भ्रष्टाचारको चंगुरमा फसेको पार्टीको संज्ञा दिनुभयो।कोईरालाले एमालेले स्वर्गीय राजा विरेन्द्रको सम्पति पनि हाम्रो हो समेत भन्न भाईसकेको स्पष्ट पार्नुभयो।नेतृत्वले गरेको खराब निर्णयका विरुद्ध आफु जहिल्यै लडने विश्वास दिलाउँनुभयो।
यस्तै विशिष्ट अतिथि पुर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले पार्टीमा मौलाउदै गएको अन्तरघातलाई कार्यकर्ता स्तरबाट नै निमठनुपर्ने दाबी गर्नुभयो।केसीले आफु कांग्रेस जस्ले बचाउँने एजेन्डा सहित आउँछ उसलाई नै साथ दिने दाबी गर्नुभयो।
यस्तै अर्का विशिष्ट अतिथि पुर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य बलबहादुर केसीले जिल्लाको संस्थापन पक्षले माफी नमागेसम्म मिल्न नसकिने स्पष्ट पार्नुभयो।उनीहरुले योजनाबद्व तवरबाट आफुलाई पराजित गरेको भन्दै त्यस्तो आक्रोश पोख्नु भएको हो।केसीले देश संविधान र पार्टी विधान अनुसार चल्नपर्ने त्यस्तो नभएको गुनासो प्रकट गर्नुभयो।अन्तरघातको खेल वडास्तर सम्मनै पुगेकाले त्यस्तो अभ्यासले ठुलो क्षति हुन पुगेको धारणा राख्नुभयो।
यस्तै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोलुखुम्बुमा ठुलो अन्तरघात हुने भएकाले सबैजना मिलेर निर्मुल नपारे दीर्घकालीन असर हुने बताउनुभयो।मन्त्री चौधरीले कांग्रेस आपसमा विभाजन हुन नसके कसैले हल्लाउँन र हराउँन नसक्ने स्पष्ट पार्नुभयो।”नेपाली कांग्रेस भित्रको अपरिहार्यता,सहमति,सहकार्य र एकता आजको आवश्यकता” विषयक कार्यक्रममा प्रदेश सदस्यहरु जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु महाधिवेशन प्रतिनिधिहरु,पुर्व जिल्ला सचिवहरु,पुर्व महासमिति सदस्यहरु भातृ तथा शुभेच्छुक संघ तथा संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले धारणा राख्नुभएको थियोे।बोल्ने अधिकांशले जिल्लाको संस्थापन पक्ष भनिने टीम फेसबुके राजनीति गर्ने अनि अन्तरघात गर्न माहिर टीम भएको धारणा राखे।उनीहरुले वर्तमान सभापति नाम्गेल जाङ्बु शेर्पालाई सभापति नस्विकारने स्पस्ट पारे।यो टीमको नभै कांग्रेसको कार्यक्रम भएको समेत स्पष्ट पारे।
आजको कार्यक्रमबाट सम्मानित हुनुहुनेहरुमा पुर्व उपसभापति एकबहादुर गुरुङ पुर्व जिल्ला सचिव द्वय केशव केसी दतसींह कार्की(टिम्बुरबोटे हत्याकाण्डका जिउँदा सहिद)पुर्व जिल्ला सहसचिव केशरबाबु थुलुङ लगायत रहनुभएको छ।बाँकी व्यक्तित्वहरुलाई अन्य कार्यक्रमबाट सम्मान गर्ने नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।
अन्तरक्रिया तथा सम्मान कार्यक्रम जिल्ला उपसभापति घनराज सुनुवारको सभापतित्व तथा नेका वरिष्ठ नेता डा शेखर कोईरालाको प्रमुख आतिथ्यतामा सप्पन्न भएको हो।

